संसदको अवरोध खुलाउन एमाले सकारात्मक
काठमाडौं । संसदको अवरोध खुलाउन नेकपा एमाले सकारात्मक भएको छ । सोमबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा अवरोध खुलाउन एमाले सकारात्मक भएको एक नेताले बताए ।
बैठकपछि बाहिरिएका प्रधानमन्त्री प्रचण्डले आफू संसदमा सम्बोधन गर्न जान लागेको प्रतिक्रिया दिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले भने संसदमै थाहा हुने बताएका थिए ।
सत्तारुढ दलका एक सांसदका अनुसार प्रधानमन्त्रीले सम्बोधन गरेपछि संसदको अवरोध हटाउन एमाले तयार भएको छ । संसद बैठक अघि एमालेको संसदीय दलको बैठक पनि संसद भवनमै बस्दैछ ।
