समाचार

अनुदान रकम कटौती गरेको भन्दै कृषि मन्त्रालय घेराउ

मकवानपुर । बागमती प्रदेश सरकारले किसानलाई दिँदै आएको अनुदान रकममा कटौती गरेको भन्दै आज कृषि तथा पशुपंक्षी विकास मन्त्रालय हेटौंडास्थित कार्यालय घेराउ गरिएको छ । कटौती गरेको भन्दै चितवन जिल्लाका किसानहरुले हेटौंडामा आएर मन्त्रालय घेराउ गरी कृषि मन्त्रीविरुद्धमा नाराबाजी गरेका हुन् । स्थानीय सरकारले पनि चितवनका किसानलाई दूधमा अनुदान...

आइतबार नेप्से २८ अंकले बढ्यो

काठमाडौं । आज साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । गत बुधवारदेखि निरन्तर घटेको नेप्सेमा आज सुधार आएको हो । आइतबार नेप्से उपसूचक २८.३८ अंकले बढेर दुई हजार ७७ को विन्दुमा कायम भएको छ । आइतबार नेप्सेमा सूचीकृत २८७ कम्पनीहरुको ८३ लाख ५२ हजार कित्ता...

मिटर ब्याज पीडितलाई गृहमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । मिटर ब्याज विरूद्धको कानून पारित गर्न माग गर्दै धर्नामा बसेका मिटर ब्याज पीडितलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने भएका छन् । कानून पारित गर्न माग गर्दै माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शनमा रहेका उनीहरुलाई गृहमन्त्रीले सम्बोधन गर्ने भएका हुन् । मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले...

राष्ट्रिय सभाको बैठक सोमबारसम्मका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको आजको लाथि बोलाइएको बैठक स्थगित भएको छ । गत असार १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद् अवरोध गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भोलि सोमबार बिहान ११ बजेर १...

दुर्घटनामा परेर चार जनाको ज्यान गयो

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको ज्यान गएको छ । चितवन, महोत्तरी, नुवाकोट र सुनसरी गरी चार छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परेर चार जनाको ज्यान गएको हो । चितवनको माडी नगरपालिका–६ माछाचोकमा ना.२६ प ८३३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८८ वर्षीया...

करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं । बर्दियाको मधुबन नगरपालिका–३ धनौरामा शनिबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २२ वर्षीय जीवनराज गुरुङ रहेका छन् । सोही ठाउँ बस्ने दिल्ली कुमारी रेउलेको खेतमा विद्युतीय मोटर पम्पबाट पानी सिँचाई गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई स्थानीय मेडिकलमा उपचार पश्चात...

एसईईमा १.६ जीपीए ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न आग्रह

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १.६ जीपीए ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न आग्रह गरेको छ । बोर्डको प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बागमती प्रदेशले एसईईमा १.६ जीपीए ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न आग्रह गरेको हो । कार्यालय प्रमुख जयन्ती सत्यालले सबै...

प्रतिनिधि सभा बैठक भोलिको लागि सर्यो

काठमाडौं । आज (आइतबार) का लागि बोलाइएको प्रतिनिधि सभा बैठक भोलि (सोमबार) को लागि सरेको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश असार २५ गते सोमबार अपराह्न ३ बजे बस्ने गरी समय र मिति परिवर्तन भएको जानकारी गराएका हुन्...

खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दिपु रहेका छन् । मृतक दुबै जना दाजुभाई रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका...

हेटौंडाबाट लागूऔषधसहित एक जना पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, थानाभर्याङबाट प्रहरीले लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोलिले लागूऔषध गाँजा ५ किलोसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाहीको कौडेना गाउँपालिका–१ बस्ने अन्दाजी ३५ वर्षीय कौशल शाह रहेको बागमती प्रदेश...