खाल्डोमा डुबेर दाजुभाइको मृत्यु
सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दिपु रहेका छन् । मृतक दुबै जना दाजुभाई रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार, शनिबार दिउँसो घरबाट निस्केका बालकद्वय राति अबेरसम्म नफर्केपछि अभिभावकले खोज्दै जाँदा गएराति घरभन्दा तीन सय मिटरको दूरीमा रहेको बाँके खोलामा खनिएको उक्त खाल्डोमा डुबिरहेको अवस्थामा शव फेला परेको थियो ।
