प्रतिनिधि सभा बैठक भोलिको लागि सर्यो
काठमाडौं । आज (आइतबार) का लागि बोलाइएको प्रतिनिधि सभा बैठक भोलि (सोमबार) को लागि सरेको छ ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमले आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश असार २५ गते सोमबार अपराह्न ३ बजे बस्ने गरी समय र मिति परिवर्तन भएको जानकारी गराएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दै प्रधानमन्त्रीको राजीनामा मागेको एमालेसँग आजै सहमति भएको थियो ।
