प्रदेशकै उत्कृष्ट वन पुरस्कार हेटौंडाको रानी सामुदायिक वनलाई
मकवानपुर । बागमती प्रदेशस्तरीय उत्कृष्ट सामुदायिक वन पुरस्कारबाट हेटौंडाको रानी सामुदायिक वन उपभोक्ता समूह पुरस्कृत भएको छ । प्रदेशका विभिन्न सामुदायिक वन समूहमध्ये हेटौंडा–६, चौघडास्थित उक्त जनलाई प्रदेशकै उत्कृष्ट वनको पुरस्कार प्रदान गरिएको हो ।
वन निर्देशनालय हेटौंडाको चालू आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक बजेटको राष्ट्रिय वन संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गतको “प्रदेशस्तरीय उत्कृष्ट सामुदायिक वन पुरस्कार’’ मूल्यांकन समितिको सिफारिसमा रानी वन उपभोक्ता समूहलाई पुरस्कृत गरिएको जनाइएको छ ।
रानी वन सर्वमान्य गणेशमान सिंह राष्ट्रिय वन संरक्षण पुरस्कारसहित दर्जनौं पुरस्कारबाट पुरस्कृत वन समूह हो । समूहले नेपालमै पहिलोपटक लोपोन्मुख सालक संरक्षण शुरू गरेको थियो ।
