गायक रोविन तामाङको अन्त्येष्टि आज गरिने
काठमाडौं । गायक तथा कलाकार रोविन तामाङको अन्त्येष्टि आज गरिने भएकबो छ । अन्तिम संस्कारको लागि बिजेश्वरीस्थित शोभा भगवतीमा लानु अघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान सङ्गीत तथा नाट्य एकेडेमीको प्राङ्गण नक्सालमा राखिनेछ ।
बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्राङ्गणमा श्रद्धाञ्जली अर्पणपछि उनको शव शोभा भगवती लगेर अन्तिम दाह संस्कार गरिनेछ ।
गायक रोविनको गत मंगलबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिएका थिए ।
