समाचार

हेटौंडा अस्पतालको न्यूनतम सेवा मापदण्ड मापनमा सुधार

मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको न्यूनतम सेवा मापदण्ड मापनमा बिगतको तुलनामा चालु आर्थिक वर्षमा सुधार रहेको पाइएको छ । स्वास्थ्य निर्देशनालय हेटौंडाले गरेको मापदण्ड अनुसार अस्पतालले चालू आर्थिक वर्ष २०७९/०८० मा ८९ प्रतिशत अंक ल्याएको हो । अस्पतालले गत आवमा ८० प्रतिशत अंक ल्याएको थियो...

बागमतीका ६ जना कर्मचारी बढुवाको सिफारिसमा

मकवानपुर । बागमती प्रदेशमा कार्यरत ६ जना कर्मचारी ११ औ तहमा बढुवामा सिफारिस भएका छन् । प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशले २०८० बैशाख ११ गते प्रकाशित बढुवा सूचना अनुसार रिक्त पदहरूमा बढुवा समितिको निर्णय अनुसार योग्यता क्रमका उम्मेदवारहरूलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय भएकोले हो । बागमती प्रदेश...

हेटौंडा अस्पतालमा आङ खस्ने समस्याको निःशुल्क अपरेशन शिविर आजबाट

मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा आङ खस्ने समस्याको निःशुल्क अपरेशन शिविर आजबाट सुरु हुने भएको छ । स्वास्थ्य निर्देशनालय हेटौंडाको आयोजनामा हेटौंडा अस्पतालमा आज असार २२ र भोलि २३ गते दुई दिन निःशुल्क अपरेशन शिविर हुने भएको हो । यसअघि मकवानपुरका स्थानीय तहमा भएको स्क्रिनिङ...

एलओडीका संचालक पक्राउ

काठमाडौं । काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स) का संचालक राजु सिंह सुवाल पक्राउ परेका छन् । सुवाल उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा पक्राउ परेका हुन् । एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि जिल्ला प्रहरी परिसर ललितपुरले संचालक सुवाललाई पक्राउ गरेको...

बागमती प्रदेशको बजेट बहुमतले पारित

मकवानपुर । बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । बिहीबार बसेको प्रदेश सभा बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयक र आर्थिक विधेयक बहुमतले पास गरेसँगै बजेट पारित भएको हो । बजेटमा नेकपा एमाले, राप्रपा र नेकपाका ४३ सांसदहरु विपक्षमा रहेका थिए भने सरकारको नेतृत्व गरिरहेको...

एसइईको प्रमाण पत्रमा नाम, थर र जन्ममिति सच्याउन ६ महिनाको समय

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति ६ महिनाभित्र सच्याउन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार, अहिलेको अवस्थामा प्रमाण पत्र पाएको ६ महिनाभित्र मात्रै सच्याउन सकिने र त्यसको लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीको फैसला...

कांग्रेस जिल्ला सभापतिहरुको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक आज पनि बस्ने भएको छ । बिहीबारदेखि जारी जिल्लासभापतिहरुको बैठक आज पनि पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्ने भएको हो । बिहान ११ बजेदेखि सुरु हुने उक्त बैठकमा ४२ जिल्ला सभापति र १८ जना जिल्ला सभापतिले पठाएका प्रतिनिधिहरु सहभागी रहेका छन् । बिहीबारको...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै कोशी, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, बागमती, गण्डकी, र...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजेका बस्ने गरी बोलाइएको हो । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार उक्त बैठकमा विभिन्न तीन वटा विधेयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रिय सभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक...

अभिनेता सारुक ताम्राकारले गरे आत्महत्या

काठमाडौँ । अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका छन् । उनले बिहीबार साँझ रातोपुलस्थित आफ्नै निजी निवासमा आत्महत्या गरेको फिल्मका प्रोडक्सन म्यानेजर अरुण रेग्मीले जानकारी दिए । सारुकले घरको छिडिमा घाटीमा पासो लगाएर आत्महत्या गरेका हुन् । बुबा आमसँगै बस्दै आएका उनले बाबुआमा बाहिर पार्टीमा गएको समय आत्महत्या गरेका हुन्...