समाचार

साईबर अपराध न्यूनिकरणतर्फ आवश्यक तयारी गर्न जरुरी : सभामुख पाठक

मकवानपुर । बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले सरकारले साईबर अपराध न्यूनिकरणतर्फ आवश्यक तयारी गर्न जरुरी रहेको बताएका छन् । बिहीबार हेटौंडामा नेपाल दुरसंचार प्राधिकरणको आयोजना तथा हिमालयन ग्रिन कर्पोरेशन प्रालिको समन्वयमा भएको प्रदेश सभा सदस्यहरुका लागि इन्टरनेट र सामाजिक संजालको सुरक्षित प्रयोग विषयक तालिम कार्यक्रममा बोल्दै सभामुख पाठकले...

बागमती प्रदेश सभा ४ः३० बजेसम्मका लागि स्थगित

मकवानपुर । बागमती प्रदेश सभा बैठक ४ः३० बजेसम्मका लागि स्थगित गरिएको छ । प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले प्रदेश सभाको बिहीबार बसेको बैठक स्थगित गर्दै दोस्रो बैठक साढे ४ बजे बस्ने जानकारी गराएका हुन् । प्रदेश सभाको आज अपराह्न बसेको पहिलो बैठकमा आर्थिक वर्ष २०८०–०८१ को सेवा र...

हेटौंडाबाट अबैध सुनसहित एक जना पक्राउ

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ बाट प्रहरीले अबैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्वर ७ बस्ने ३३ वर्षीय सन्तोष शाह सुनार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई प्रहरी वरिष्ठ नायव निरीक्षक...

एसइईको नतिजा आजै सार्वजनिक गर्ने

काठमाडौंं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को परीक्षा आजै सार्वजनिक गर्ने भएको छ । आज बसेको बोर्ड बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको सहायक परीक्षा नियन्त्रक भक्तबहादुर गोदारले जानकारी दिए । उनले भने, ‘अहिले निर्णय लेख्ने काम भइरहेको छ । यसमा सरहरूले हस्ताक्षर गर्नुहुन्छ । अनि नतिजा प्रकाशन...

७५ जना जेष्ठ नागरिकलाई सम्मान

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ ले जेष्ठ नागरिकलाई विहिबार एक कार्यमक आयोजना गरी सम्मान गरेको छ । जेष्ठ नागरिक मञ्च हेटौंडा १६ का अध्यक्ष देवनारायण ढकालको अध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा सोही वडाका ५ टोल विकास...

तु खबरका स्तम्भकार साहलाई प्रादेशिक प्रतिभा पुरस्कार

मकवानपुर । चर्चित साहित्यकार एवम् तु खबर डटकमका स्तम्भकार तथा सल्लाहकार सञ्जय साह (मित्र) प्रादेशिक प्रतिभा पुरस्कार २०७९ बाट पुरस्कृत हुने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले उनलाई भाषा एवम् साहित्यतर्फको सो पुरस्कार प्रदान गर्न लागेको हो । २०८० असार २० गते मन्त्रिस्तरको बैठकले साहसहित विभिन्न...

बाढी र पहिरोमा परेर २४ जनाको मृत्यु, २५ जना बेपत्ता

काठमाडौं । यस वर्ष मनसुन सुरु भएपछि बाढी र पहिरोमा परेर २४ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य महाशाखाले दिएको जानकारीअनुसार मृत्यु हुनेमा महिलाभन्दा पुरुष बढी रहेका छन् । बाढी र पहिरोमा परेर मृत्यु हुने पुरुषको संख्या...

मकवानपुरका आमेथ दोनोस्टी कपमा

हेटौंडा । मकवानपुरका आमेथ रुम्बाले स्पेनमा मंगलबारदेखि सुरु ३० औं दोनोस्टी कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा खेल्ने अवसर पाएका छन् । स्पेनको दोनोस्टी सिटीमा आयोजित ८ वर्षमुनिका खेलाडीबीच हुने खेलमा रुम्बाले सीडी इन्टरनेसनल क्लबबाट खेल्ने मौका पाएका हुन् । उनी फरवार्ड प्लेयर पोजिसनका खेलाडी हुन् । सीडी इन्टरनेसनलले रुम्बाको रनिङ,...

सीता माविको अध्यक्षमा राजकुमार थिङ

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २, भुन्द्रुङटांडीस्थित श्री सीता माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजकुमार थिङ सर्वसम्मत चयन भएका छन् । विद्यालयको बुधबार भएको ४८ औं वार्षिक अभिभावक भेलाले थिङको नेतृत्वमा ८ सदस्यीय कार्यसमिति चयन गरिएको हो । समितिको सदस्यहरुमा क्रमशः रत्न बहादुर स्याङ्तान, पातली माया थिङ,...

हेटौंडा अस्पतालमा आङ खस्ने समस्याको निःशुल्क अपरेशन शिविर

मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा आङ खस्ने समस्याको दुई दिने निःशुल्क अपरेशन शिविर हुने भएको छ । स्वास्थ्य निर्देशनालय हेटौंडाको आयोजनामा हेटौंडा अस्पतालमा यही असार २२ र २३ गते दुई दिन निःशुल्क अपरेशन शिविर हुने भएको हो । यसअघि मकवानपुरका स्थानीय तहमा भएको स्क्रिनिङ शिविरमा...