समाचार

गुण्डा नाइके बस्न्यातलाई जन्मकैदको फैसला

काठमाडौं । हत्याका मुख्य योजनाकार गुण्डा नाइके समिरमान सिंह बस्न्यातलाई जन्मकैदको फैसला सुनाइएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न रहेका बस्न्यातलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बुधबार जन्मकैदको फैसला सुनाएको हो । यस्तै, काले भन्ने भन्ने अम्बरबहादुर रानालाई पनि जन्मकैदको फैसला...

हेटौंडा–६ कार्यालयद्वारा बाख्रा वितरण

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ को कार्यालयले वडावासीहरुलाई बाख्रा वितरण गरेको छ । वडा कार्यालयले वडाको चालु आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार वडाका ३९ जनालाई बाख्रा वितरण गरिएको वडाका सचिव आमोद प्रसाद मैनालीले जानकारी दिए । उनका अनुसार, वडामा रहेका न्यून आय भएका दलित,...

पर्साबाट पक्राउ परे हेटौंडाका राई

पर्सा । पर्साको वीरगंज महानगरपालिका–१६ रजतजयन्ति चोकबाट प्रहरीले अवैध लागूऔषध खैरो हेराईनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८, कमाने बस्ने २९ वर्षीय राजु राई रहेका छन् । उनलाई करिब १ ग्राम लागूऔषध खैरो हेराईनसहित मंगलबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ...

शेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार उच्च अंकको गिरावट आएको छ । मंगलबार सुधार आएको नेप्से बुधबार उच्च अंकको गिरावट आएको हो । बुधबार नेप्से ३९.२६ अंकले घटेर दुई हजार ४९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २७७ कम्पनीहरको ८० लाख ९२ हजार कित्ता शेयर...

चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

झापा । गौरीगञ्ज गाउँपालिका–६ मा आज बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीका १५ विजय सरदार रहेका छन् । खेतमा काम गर्न जाने क्रममा पानीसँगै परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

बागमती प्रदेश सभाको दोस्रो बैठक जारी

मकवानपुर । बागमती प्रदेश सभाको बुधबारको दोस्रो बैठक हाल जारी छ । अपराह्न ३ः३० बजे बस्ने भनिएको प्रदेश सभा आधा घण्टा ढिला गरी केही बेरअघि सुरु भएको हो । उक्त बैठकमा आर्थिक वर्ष २०८०–०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा...

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को राजीनाको माग गरेको छ । बुधबार बसेको बैठकको सुरुवातमै एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति स्वीकार गर्न नसकिने भन्दै राजीनामा मागेका हुन् । गत सोमबार प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रितम सिंहको पुस्तक...

१९ संस्थाले पाए एसइईको नतिजा सार्वजनिक गर्ने अनुमति

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्नको लागि १९ वटा संस्थाले अनुमति पाएका छन् । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले १९ वटा संस्थालाई नतिजा सार्वजनिक गर्न अनुमति दिएको हो । ती संस्थाले वेबसाइट, एसएमएस र आईभीआरबाट नतिजा सार्वजनिक गराउने भएका हुन् ।...

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको छ । बुधवार मध्यान्ह कांग्रेस सभापति देउवाको निवास धुम्बाराहीमा बसेको ‘बिग फाइभ’ पदाधिकारीको बैठकले केन्द्रीय बैठक आह्वान गर्ने निर्णय गरेको हो । उक्त बैठकले असार २७ गते दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने आह्वान गरिएको कांग्रेसका कार्यबाहक मुख्यसचिव...

बागमती प्रदेश सरकारद्वारा कर्मचारीको बढुवा

मकवानपुर । बागमती प्रदेश सरकारले पहिलो पटक प्रदेशमा नै कार्यरत २ कर्मचारीलाई एघारौं तहमा बढुवा गर्ने निर्णय गरेको छ । सरकारको बुधबार बिहान बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । निजामती सेवा ऐन जारी नभएको अवस्थामा प्रदेश सरकारले सो निर्णय गरेको हो । सो बैठकले प्रदेशमा...