समाचार
जातीय विभेदविरुद्ध आज जसपाले खबरदारी कार्यक्रम गर्ने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले नेपालमा हुँदै आएको जातीय विभेदविरुद्ध आज खबरदारी कार्यक्रम गर्ने भएको छ । हालै जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घरमा आगजनी गरिएको र दाङमा कथित तल्लो जात रहेको भनी डेराबाट निकालिएको घटनाको विरोधमा खबरदारी कार्यक्रम गर्न लागिएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख...
बबइ नदीमा डुबेर किशोरको मृत्यु
दाङ । दाङको बबइ नदीमा डुबेर मंगलबार एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका वडा नम्वर ५ जौबारीका १७ वर्षका सिताराम देवकोटा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बबइ गाउँपालिका–१, मलइबाट घर फर्कने क्रममा बबइ नदीमा देवकोटाको डुबेर मुत्यु भएको हो ।
शैक्षिक सहयोग अक्षय कोषको वार्षिक साधारण सभा सम्पन्न
मकवानपुर । शैक्षिक सहयोग अक्षय कोष, मकवानपुरको चौथो वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । शैक्षिक सहयोग अक्षय कोष, मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा संस्थाका सचिव बद्री पाठकले सचिवको र कोषध्यक्ष...
बागमती प्रदेश सभाको बैठक बस्दै, विनियोजित विधेयकमाथि छलफल जारी रहने
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बस्ने भएको हो । बैठकमा आर्थिक वर्ष २०८०–०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० माथि छलफल...
टिपरको ठक्करबाट आमा–छोरीको मृत्यु
विराटनगर । सुनसरीको इटहरीमा मंगलबार टिपरको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा इटहरी उपमहानगरपालिका–८ की ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया अनुशा चौधरी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, धरानबाट पूर्वतर्फ जाँदै गरेको कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको टिपरले सोही दिशातर्फ...
हेटौंडा उपमहानगरद्वारा संचालित तालिम समापन
मकवानपुर । हेटौंडामा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) को समिक्षासहित सीप विकास तालिमको समापन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाले मेडपा कार्यक्रमअन्तर्गत् चालु आर्थिक वर्ष २०७९/०८० मा विभिन्न क्षेत्रमा संचालन गरेको सिलाई कटाइका आधारभूत तथा एड्भान्स कोष मंगलबार समापन गरिएको हो । कार्यक्रममा हेटौंडा उपहानगरपालिकाका नगर प्रमुख...
राष्ट्रिय सभा बैठक : विनियोजन विधेयकमाथि छलफल हुने
काठमाडौं । राष्ट्रिय सभा बैठक आज पनि बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो २ः३१ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा विनियोजन २०८० विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ । मन्त्रालयको विभिन्न शीर्षकमाथि संसद्हरूले आ–आफ्नो धारणा राखिरहेका छन् । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको...
हेटौंडामा ९ दिने रोबोटिक्स कार्यशाला
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ९ दिने राबोटिक्स र अटोमेसनसम्बन्धी प्रशिक्षार्थी प्रशिक्षक कार्यशाला सुरु गरिएको छ । एस्ट्रोनोभा फाउण्डेसन नेपालले विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी सोमबारबाट उक्त प्रशिक्षक कार्यशालाको सुरु गरेको हो । असार २६ गतेसम्म संचालन हुने कार्यशालामा हेटौंडाका विभिन्न १८ वटा विद्यालय तथा क्याम्पसका गरी ४...
नेपाल आइपुग्यो भाइल एचपीभी खोप, ९ देखि १४ वर्षका किशोरीलाई लगाइने
काठमाडौं । पाठेघर मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप नेपाल आइपुगेको छ । महिलामा हुने पाठेघरको मुखको क्यान्सरलाई न्यूनीकरण गर्नका लागि सरकारले पहिलो पटक एचपीभी विरुद्धको खोप खरिद गरेको हो । खरिद गरेको २० हजार भाइल एचपीभी खोप मंगलबार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरासियाले...
आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ...










