समाचार

मंगलबार नेप्सेमा सुधार, २ अर्बमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन शेयर बजारमा सुधार आएको छ । साता कारोबारको पहिलो र दोस्रो दिन लगातार घटेको नेप्सेमा तेस्रो दिनमा भने सुधार देखिएको हो । मंगलबार नेप्से १०.४० अंकले बढेर २० ८६ दशमव ३७ को विन्दुमा कायम भएको छ । नेप्सेमा सुधार देखिएतापनि कारोबार रकम...

बागमती प्रदेश सभा बैठक सुरु

मकवानपुर । बागमती प्रदेश सभा बैठक सुरु भएको छ । अपराह्न ३ बजे बस्ने गरी बोलाइएको बैठक १ घण्टा ढिला गरी केहीबेर अघि मात्रै सुरु भएको हो । उक्त बैठकमा बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को लागि सार्वजनिक गरेको विनियोजित बजेटमाथि छलफल हुने प्रदेश सभा सचिवालयका प्रमुख...

हेटौंडा–४ मा कृषि तथा तरकारी बजार संचालन

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानरपालिका वडा नम्वर ४ स्थित नयाँ कृषि तथा तरकारी बजार संचालनमा आएको छ । उक्त कृषि तथा तरकारी बजार सोमबारबाट संचालनमा आएको हो । त्रिवेणी भेजिटेबल मार्ट प्रालिद्वारा सचालनमा ल्याइएको सो कृषि तथा तरकारी बजार हेटौंडा उपमहानगरपलिकाका प्रमुख मीनाकुमारी लामाले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन्...

किशोरीमाथि सामूहिक बलात्कार, दुई युवक पक्राउ

काठमाडौं । कञ्चनपुरमा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सोमबार दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोधारा चाँदनी नगरपालिका–९ बस्ने २१ वर्षीय पवन प्रसाद उपाध्याय र २६ वर्षीय अमरबहादुर खत्रीलाई रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो...

एसइई २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । उनका अनुसार, यस वर्ष पुरानै पाठ्यक्रअनुसार परीक्षा सञ्चालन...

एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षमा पाण्डे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई दिएको छ । अध्यक्ष माधवकुमार नेपाल राजनीतिक भ्रमणका लागि आज श्रीलङ्का प्रस्थान गरेका छन् । सोही कारण उपाध्यक्ष पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको पाण्डेका प्रेस संयोजक विवेक अर्यालले जानकारी दिए । अर्यालका अनुसार, अध्यक्ष नेपाल...

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद भवनमा बैठक आज दिउँसो १ बजे शुरु हुनेछ । आजको बैठकमा चार वटा मन्त्रालय विनियोजन शीर्षकहरूमाथि छलफल हुने सचिवालयल जनाएको छ । जसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा...

तिनाउ नदीमा जल सतहले खतराको तह पार गर्यो, सतर्क रहन आग्रह

बुटवल । अविरल वर्षाका कारण बुटवलको तिनाउ नदीमा जल सतहले खतराको तह पार गरेको छ । बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा बिहान पानीको सतह ७.२२ मिटर पुगेको छ । महाशाखाका अनुसार जल सतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ । तिनाउ नदीले खतराको...

गुडिरहेको ट्रकमा करेन्ट लाग्दा मजदुरको मृत्यु

जनकपुरधाम । सर्लाहीमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने ट्रक चालक गम्भीर घाइते भएका छन् । सोमबार दिउँसो चन्द्रनगर गाउँपालिका ७ मा भुँसा लोड गरी गुडिरहेको ना ४ ख ६९७६ नम्बरको ट्रकमा माथि रहेको बिजुलीको तार छुँदा करेन्ट लागेको थियो । करेन्ट लागेर रौतहटको विश्रामपुर...

बागमती प्रदेश सभा बैठक आज पनि बस्दै, विनियोजित बजेटमाथि छलफल

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्दैछ । बैठक अपराह्न ३ बजे प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बस्ने गरी बोलाइएको हो । बैठकमा बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को लागि सार्वजनिक गरेको विनियोजित बजेटमाथि छलफल हुने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए...