बागमती प्रदेश सभा बैठक सुरु

मकवानपुर । बागमती प्रदेश सभा बैठक सुरु भएको छ । अपराह्न ३ बजे बस्ने गरी बोलाइएको बैठक १ घण्टा ढिला गरी केहीबेर अघि मात्रै सुरु भएको हो ।
उक्त बैठकमा बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को लागि सार्वजनिक गरेको विनियोजित बजेटमाथि छलफल हुने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
गत असार १ गते प्रदेश सरकारको तर्फबाट प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले मन्त्री लामाले आगामी आवको लागि कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका थिए ।
जसमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
उक्त बजेटमाथि सोमबारबाट छलफल प्रारम्भ भएको हो । सोमबार आर्थिक मामिला तथा योजनामन्त्री लामा, नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, राप्रपा संसदीय दलका नेता उद्धव थापा, नेमकिपाकी संसाद सृजना सैजूले बोलेका थिए ।