समाचार

बागमती प्रदेशको अवरुद्ध संसद खुल्यो

मकवानपुर । केही दिनदेखि प्रतिपक्षी दलहरूको लगातारको अबरोधका कारण अवरुद्ध बनेको बागमती प्रदेशको संसद आजबाट खुलेको छ । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रतिपक्षीहरूको माग सरकारले सम्बोधन गर्ने प्रतिबद्धतापश्चात् प्रतिपक्षीसँग सदन सुचारु गर्ने सहमति भएको हो । बैठकको प्रारम्भमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामा...

हेटौंडाबाट सापकोटा पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित गएराति हेटौंडाबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्र्तगत पर्ने जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, स्थित रातोमाटे चेक प्वाईन्टबाट लागूऔषध नाईट्राभेट ट्यावलेट १३ वटासहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ बस्ने अन्दाजी २३ वर्षीय विवेक...

बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटमाथि छलफल

मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्न बसेको बैठकमा सरकारद्वारा सार्वजनिक गरिएको विनियोजित बजेटमाथि छलफल भएको छ । प्रदेश सरकारले ल्याएको विनियोजित बजेटमाथि छलफल गर्न बिहान ११ बजे बोलाइएको प्रदेश सभा साढे ३ घण्टा ढिला गरी २ः३० बजेबाट सुरु भएको थियो । उक्त बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री...

बागमती प्रदेश सभामा एउटा विधेयक पेस

मकवानपुर । आज अपराह्न बसेको बागमती प्रदेश सभा बैठकमा एउटा विधेयक पेस भएको छ । बैठकमा आर्थिक वर्ष २०८०–०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० पेस भएको हो । प्रदेश सरकारले ल्याएको विनियोजित बजेटमाथि छलफल...

ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणमा सोमबार थप दुई जनालाई पक्राउ गरेको छ । ब्युरोका अनुसार, पक्राउ पर्नेहरुमा तत्कालीन नासु रमेशकुमार पोखरेल र देवनारायण महर्जन रहेका छन् । पोखरेल गृह मन्त्रालय अन्तर्गतको समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख थिए भने महर्जन ललिता निवास जग्गामा मोही बनेका...

गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती मनाइँदै

मकवानपुर । नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ ।विसं १९८१ असार १८ गते जन्मिएका कोइरालाको विसं २०६६ चैत्र ६ गते निधन भएको थियो । जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवम् शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीपप्रज्वलनलगायतका कार्यक्रम राखेका...

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजेर १ मिनेटमा सुरु हुनेछ । आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएकोसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ । यस्तै, बैठकमा विनियोजन विधेयक...

ललिता निवास प्रकरणमा थप ३ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवास जग्गा प्रकरणमा थप ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जन रहेका छन् । यो मुद्दामा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर...

आज गुरुपूर्णिमा मनाइँदै

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले यस दिन...

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड फेरी अवरुद्ध भएको छ । आइतबार साँझ ६ बजेदेखि खुलेको उक्त सडकखण्डमा आज बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो झरेकै स्थानमा एउटा मालबाहक ट्रक पनि पल्टिएको छ । ट्रक चालक सामान्य घाइते भएका छन्...