हेटौंडाबाट सापकोटा पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित गएराति हेटौंडाबाट एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्र्तगत पर्ने जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, स्थित रातोमाटे चेक प्वाईन्टबाट लागूऔषध नाईट्राभेट ट्यावलेट १३ वटासहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ बस्ने अन्दाजी २३ वर्षीय विवेक सापकोटा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार, वीरगंजबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ५६७७ नम्बरको यात्रुबाहक बसमा सवार सापकोटालाई चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध बरामद भएपनि निजलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।
