समाचार

जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेका छन् । पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको जनाइएको छ । सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्दै...

आज यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै, सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका...

गुरु पुर्णिमाको अवसरमा सार्वजनिक विदा

तनहुँ । गुरू पुर्णिमाको अवसरमा ब्याँस नगरपालिकाले सार्वजनिक विदा दिएको छ । तनहुँको व्यास नगरपालिकाले व्यास अवतरण (गुरु पूर्णिमा) का अवसरमा सोमबार सार्वजनिक विदा दिएको हो । महर्षी बेदब्याँसको जन्मस्थान मानिदै आएको उक्त स्थानमा गुरु पुर्णिमाका दिन विदा दिइएको हो । सोमबार नगरपालिका तथा नगरपालिका अन्तर्गतका कार्यालय, सामुदायिक एवम्...

एनआरएनए मध्यपूर्वद्वारा १७ बुँदे घोषणापत्र जारी

मस्कट, ओमन । गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्वको आठौँ क्षेत्रीय सम्मेलनले १७ बुँदे घोषणापत्र जारी गरेको छ । अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार, रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार भन्ने नाराका साथ जुन २८–३० मा ओमनको मस्कटमा आयोजित सम्मेलनले घोषणापत्र जारी गरेको हो । सम्मेलनले सुरक्षित र...

आइतबार स्थगित भएको बागमती प्रदेश सभा बैठक आज बस्दै

मकवानपुर । बागमती प्रदेश सभा बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ११ बजेपछि प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बस्ने गरी बोलाइएको हो । प्रतिपक्ष दलको निरन्तर अवरोधका कारण आइतबार पनि आगामी आर्थिक वर्षको लागि विनियोजित बजेटमाथि छलफल हुन सकेन । अपारह्न २ बजेका लागि बोलाइएको आइतबारको बैठक २...

हेटौंडाका रुपाखेती पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेबाट शनिबार लागूऔषध नाईट्राभेट ३० ट्याब्लेटसहित १ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ बस्ने २२ वर्षीय हयारी रुपाखेती रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...

बागमती प्रदेश सभाको आज साँझ बोलाइएको बैठक स्थगित, भोलि बस्ने

मकवानपुर । बागमती प्रदेश सभाको आज साँझ बस्ने भनिएको दोस्रो बैठक स्थगित गरिएको छ । आज साँझ साढे ५ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा विशेष कारणवंश स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभाका सभामुख भुवन कुमार पाठकका अनुसार, उक्त बैठक भोलि असार १८ गते विहान...

मकवानपुर प्रहरीद्वारा अवैध कपडा र चियाको टि–पाउडरहरु बरामद

मकवानपुर । मकवानपुर प्रहरीले अवैध सामान बरामद गरेको छ । प्रहरीले एक लाख १२ हजार ८ सय रुपैयाँको कपडा र ९२ हजार ८ सय रुपैयाँको चियाको टि–पाउडरहरु बरामद गरेको छ । प्रहरीले शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेबाट अवैध कपडा बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार, शनिबार...

दूधको अनुदान कायमै राख्न किसान महासंघको माग

मकवानपुर । नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान महासंघले प्रदेश सरकारले दूध उत्पादनमा प्रतिलिटर उपलब्ध गराउने भनिएको अनुदान तत्काल उपलब्ध गराउन माग गरेको छ । महासंघ अध्यक्ष मिरा स्याङ्तानले आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको ध्यानाकर्षण गराउँदै किसानहरुलाई प्रत्यक्षरुपमा राहतस्वरुप दुग्ध लिटरमा प्रदान गर्दै आएको रकम आर्थिक वर्षको अन्तिम सम्म पनि...

बजेटलाई संशोधन नगरेसम्म संसद अवरुद्ध गरिरहने नेता गोरसाईँको घोषणा

मकवानपुर । बागमती प्रदेश सभा सदस्य एवम् नेपाल मजदुर किसान पार्टी (नेमकिपा) संसदीय दलका नेता सुरेन्द्रराज गोरसाईँले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को लागि प्रस्तुत गरिएको बजेटलाई संशोधन नगरेसम्म संसद अवरुद्ध गरिरहने घोषणा गरेका छन् । बागमती प्रदेश सभाको आज अपराह्नमा बसेको पहिलो बैठकमा उनले सरकारलृे सार्वजनिक गरेका...