गुरु पुर्णिमाको अवसरमा सार्वजनिक विदा

तु खबर संवाददाता
२०८० असार १८, सोमबार ०८:१०

तनहुँ । गुरू पुर्णिमाको अवसरमा ब्याँस नगरपालिकाले सार्वजनिक विदा दिएको छ । तनहुँको व्यास नगरपालिकाले व्यास अवतरण (गुरु पूर्णिमा) का अवसरमा सोमबार सार्वजनिक विदा दिएको हो ।

महर्षी बेदब्याँसको जन्मस्थान मानिदै आएको उक्त स्थानमा गुरु पुर्णिमाका दिन विदा दिइएको हो ।

सोमबार नगरपालिका तथा नगरपालिका अन्तर्गतका कार्यालय, सामुदायिक एवम् संस्थागत शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) र नगरपालिका मातहतका संघ–संस्था बन्द रहने भएको नगरपालिकाले जनाएको छ ।