हेटौंडाका रुपाखेती पक्राउ

तु खबर संवाददाता
२०८० असार १७, आईतवार १९:२१
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेबाट शनिबार लागूऔषध नाईट्राभेट ३० ट्याब्लेटसहित १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ बस्ने २२ वर्षीय हयारी रुपाखेती रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ३०३ नं. को माईक्रो बसमा सवार भई रुपाखेतीको साथबाट उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

बरामद उक्त लागूऔषधसहित रुपाखेतीलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।