बागमती प्रदेश सभाको आज साँझ बोलाइएको बैठक स्थगित, भोलि बस्ने

तु खबर संवाददाता
२०८० असार १७, आईतवार १९:०६

मकवानपुर । बागमती प्रदेश सभाको आज साँझ बस्ने भनिएको दोस्रो बैठक स्थगित गरिएको छ । आज साँझ साढे ५ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा विशेष कारणवंश स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभाका सभामुख भुवन कुमार पाठकका अनुसार, उक्त बैठक भोलि असार १८ गते विहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो ।

प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०–०८१ को विनियोजित बजेटमाथि छलफल गर्न बोलाइएको बैठक सत्तापक्ष र प्रतिपक्षबीच सहमति हुन नसक्दा भोलिसम्मको लागि स्थगित गरिएको हो ।

सभामुख पाठकले भोलि बिहान पनि सरकारको तर्फबाट प्रतिपक्षहरुसँग वार्तालाभ गरी सहमति टुंग्याउने सम्भावना रहेको र दिउँसो बैठक नियमित रुपमा संचालन हुने बताए ।