समाचार

हेटौंडा उपमहानगरपालिकाको बजेट पारित

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ल्याएको नीति तथा कार्यक्रम र बजेट शनिबार पारित भएको छ । उपमहानगरपालिकाको शनिबार बसेको १३ औं नगरसभाको दोस्रो बैठकले आगामी आर्थिक वर्षको लािग ल्याएको २ अर्ब ६८ करोड ६० लाख १० हजार ८ सय रुपैयाँ बजेट पारित गरेको हो...

मकवानपुरमा ३२ किलोको अजिंगर फेला

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ३, हाँडीखोलास्थित लामिटार जंगलमा अजिंगर फेला परेको छ । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको लामिटार सेक्टर पोष्टका रेञ्जर विष्णु पौडेलका अनुुसार अजिंगर फेला परेको हो । उक्त अजिंगर साढे ३२ किलो रहेको छ । घर नजिकको जंगलमा अजिंगर देखिन थालेपछि स्थानीय त्रसित बनेका...

उपप्रधानमन्त्री श्रेष्ठ आइतबार स्वदेश फर्कँदै

काठमाडौं । । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कँदै छन् । जनवादी चीनको पाँचदिने भ्रमणमा रहेका श्रेष्ठ स्वदेश फर्कर्ने भएका हुन् । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता गरेका थिए । भेटवार्ताका क्रममा उनीहरूबीच दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषयमा...

विदेशी अनलाइनबाट खरिदको बाटो खुल्दै

काठमाडौं । अमेजन, इबे, अलिबाबा, वालमार्ट जस्ता चर्चित इकमर्स सेवाप्रदायकबाट पनि वस्तु खरिद गर्न सकिने प्रस्ताव अघि सारिएको छ । सरकारले राष्ट्रिय सभामा दर्ता गराएको विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस किसिमको प्रस्ताव गरिएको हो । विधेयकको दफा ११ मा ‘प्रचलित सङ्घीय कानुनको अधीनमा रही कुनै व्यक्ति,...

ललिता निवास प्रकरण: पूर्वप्रधानमन्त्रीको पनि बयान लिने तयारी

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा प्रहरीले संगठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको छ । ४०० भन्दा बढीलाई पक्राउ पुर्जी जारी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सो प्रकरणमा संगठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको हो । संगठित अपराधमा अनुसन्धान गर्न अनुमति पाए सिआइबीले पक्राउ परेका...

यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा...

प्रतिनिधि सभा बैठक बस्दै, आर्थिक विधेयक २०८० माथि छलफल

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आर्थिक विधेयक २०८० माथि छलफल हुनेछ भने सो विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार अर्थमन्त्री प्रकाशशरण महतले...

नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गएराति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो । अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरामा विद्युतको तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने...

आज श्री एअरलाइन्सका सबै उडान स्थगित

काठमाडौं । आज श्री एयरलाइन्सका सबै उडान स्थगित हुने भएका छन् । श्री एअरलाइन्स प्रालिले आज आइतवारका लागि पुर्व निर्धारित सबै उडानहरु स्थगित गरेर विमान परिक्षण गर्ने भएको हो । एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिवार जारी गरेको प्रेस नोट अनुसार आइतबारका सबै उडान स्थगित गरिएको छ । आइतवार...

मकवानपुरमा मानव अधिकार उल्लङ्घनका घटना बढ्दो

मकवानपुर । मकवानपुरमा मानव अधिकार उल्लङ्घनका घटना बढ्दै गएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरले जनाएको छ । इन्सेक मकवानपुरले अर्धवार्षिक समीक्षा कार्यक्रममा सार्वजनिक गरेको सन् २०२३ को ६ महिना (जनवरी–जुन) को तथ्याङ्क अनुसार ४६ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा अन्य पक्षबाट ४८ जना मानिस पीडित भएका...