हेटौंडा उपमहानगरपालिकाको बजेट पारित

तु खबर संवाददाता
२०८० असार १७, आईतवार ०८:४७

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ल्याएको नीति तथा कार्यक्रम र बजेट शनिबार पारित भएको छ ।

उपमहानगरपालिकाको शनिबार बसेको १३ औं नगरसभाको दोस्रो बैठकले आगामी आर्थिक वर्षको लािग ल्याएको २ अर्ब ६८ करोड ६० लाख १० हजार ८ सय रुपैयाँ बजेट पारित गरेको हो ।

उपमहानगरपालिकाले गत असार २ गतेको नगर सभामा आगामी आवका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ५९ करोड १४ लाख १० हजार रुपैयाँ, प्रदेश सरकारको विभिन्न अनुदानबाट ३ करोड ३४ लाख ६८ हजार रुपैयाँ र संघीय सरकारको अनुदानबाट १ अर्ब १४ करोड ५० लाख रुपैयाँबाट बेहोरिने गरी बजेट सार्वजनिक गरेको थियो ।

नगरसभाले आर्थिक विधेयक २०८० विनियोजन विधेयक २०८० सर्वसम्मत रुपमा पारित गरेको छ । त्यस्तै, शनिबारको नगरसभाले संगठन सुदिृढकरण तथा व्यवस्थापन प्रतिवेदन स्वीकृत गर्ने निर्णय समेत गरेको जनाइएको छ ।