बजेटलाई संशोधन नगरेसम्म संसद अवरुद्ध गरिरहने नेता गोरसाईँको घोषणा
मकवानपुर । बागमती प्रदेश सभा सदस्य एवम् नेपाल मजदुर किसान पार्टी (नेमकिपा) संसदीय दलका नेता सुरेन्द्रराज गोरसाईँले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को लागि प्रस्तुत गरिएको बजेटलाई संशोधन नगरेसम्म संसद अवरुद्ध गरिरहने घोषणा गरेका छन् ।
बागमती प्रदेश सभाको आज अपराह्नमा बसेको पहिलो बैठकमा उनले सरकारलृे सार्वजनिक गरेका बजेट असन्तुलित, गठबन्धन दलको स्वार्थको लागि केन्द्रीय भएर ल्याएको भन्दै उक्त बजेटलाई संशोधन नगरेसम्म संसद अवरुद्ध गरिरहने घोषणा गरेका हुन् ।
उनले उक्त बजेटमा स्वास्थ्य, शिक्षा, कृषि उत्पादनलाई विशेष प्राथमिकता नदिई सत्तारुढ दलका नेताहरुको आफ्नो जिल्लाको निर्वाचन क्षेत्रमा मात्रै प्रोत्साहित हुने गरी विनियोजित बजेट राजनीतिक पूर्वाग्राहीबाट प्रेरित भएको आरोप लगाउँदै बजेटलाई सम्मानजनक ढंगबाट परिर्वतन गर्नुपर्ने माग गरे ।
नेता गोरसाईँले प्रदेश सरकारले सार्वजनिक गरेको विनियोजित बजेट मुख्यमन्त्रीको गृह जिल्ला धादिङ र केही मन्त्रीहरुको गृह जिल्ला नुवाकोट र सिन्धुपाल्चोकलाई केन्द्रीत गरेर छुट्याएको आरोप लगाए ।
