बबइ नदीमा डुबेर किशोरको मृत्यु

तु खबर संवाददाता
२०८० असार २०, बुधबार १०:०४
सांकेतिक तस्वीर

दाङ । दाङको बबइ नदीमा डुबेर मंगलबार एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बबई गाउँपालिका वडा नम्वर ५ जौबारीका १७ वर्षका सिताराम देवकोटा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बबइ गाउँपालिका–१, मलइबाट घर फर्कने क्रममा बबइ नदीमा देवकोटाको डुबेर मुत्यु भएको हो ।