एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

तु खबर संवाददाता
२०८० असार २०, बुधबार १६:१७
file photo

काठमाडौं । राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को राजीनाको माग गरेको छ ।

बुधबार बसेको बैठकको सुरुवातमै एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति स्वीकार गर्न नसकिने भन्दै राजीनामा मागेका हुन् ।

गत सोमबार प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर एमालेले राष्ट्रिय सभाको बैठकमा अवरोध गरेको छ । एमालेको अवरोधपछि केही समयका लागि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।