एसइईको नतिजा आजै सार्वजनिक गर्ने

तु खबर संवाददाता
२०८० असार २१, बिहीबार १५:१८
file-photo

काठमाडौंं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को परीक्षा आजै सार्वजनिक गर्ने भएको छ ।

आज बसेको बोर्ड बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको सहायक परीक्षा नियन्त्रक भक्तबहादुर गोदारले जानकारी दिए ।

उनले भने, ‘अहिले निर्णय लेख्ने काम भइरहेको छ । यसमा सरहरूले हस्ताक्षर गर्नुहुन्छ । अनि नतिजा प्रकाशन गरिन्छ ।’

बोर्ड बैठकपछि पत्रकार सम्मेलन गरेर निर्णय सार्वजिनक गरिने बोर्डले जनाएको छ ।

गत चैत्र १७ गतेदेखि २९ गतेसम्म संचालन भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी थिए ।