हेटौंडाबाट अबैध सुनसहित एक जना पक्राउ
मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ बाट प्रहरीले अबैध सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्वर ७ बस्ने ३३ वर्षीय सन्तोष शाह सुनार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनलाई प्रहरी वरिष्ठ नायव निरीक्षक मन्जु कुमारी रानाको कमाण्डमा खटिएको चेकिङ टोलीले ३ वटा ब्रासलेट अर्थात १७५ ग्राम सुनसहित पक्राउ गरेको हो ।
काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १८०३ नम्बरको यात्रु बहाक बसमा सवार सुनारलाई चेकजाँच गर्दा सो परिमाणको सुन फेलापछि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।
