कांग्रेस जिल्ला सभापतिहरुको बैठक आज पनि बस्दै

तु खबर संवाददाता
२०८० असार २२, शुक्रबार ०८:१९

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक आज पनि बस्ने भएको छ । बिहीबारदेखि जारी जिल्लासभापतिहरुको बैठक आज पनि पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्ने भएको हो ।

बिहान ११ बजेदेखि सुरु हुने उक्त बैठकमा ४२ जिल्ला सभापति र १८ जना जिल्ला सभापतिले पठाएका प्रतिनिधिहरु सहभागी रहेका छन् ।

बिहीबारको बैठकमा २६ जना जिल्ला सभापतिहरूले आफनो धारणा राखेका थिए भने बाँकीले आज आफनो धारणा राख्ने कांग्रेसले जनाएको छ ।

जिल्ला सभापतिहरूले धारणा सुनेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले त्यसको जवाफसहित पार्टीको निर्देशन दिने कार्यक्रम रहेको छ ।