प्लास्टिक झोला प्रतिवन्ध कार्यान्वयनका लागि अनुगमन टोली गठन
काठमाडौं । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्लाष्टिक झोला प्रतिवन्धसम्बन्धी कार्ययोजना कार्यान्वयन केन्द्रीय अनुगमन समितिले कार्ययोजना कार्यान्वयनबारे अनुगमन गर्ने भएको छ ।
त्यसका लागि समितिको बैठकले केन्द्रीयस्तरमा बजार अनुगमन एवम् उद्योग अनुगमन गर्न छुट्टाछुट्टै अनुगमन टोली गठन गर्नुका साथै कार्ययोजना कार्यन्वयनका लागि मापदण्ड र कार्यविधिहरु निर्माण गर्ने निर्णय गरेको हो ।
सरकारले ४० माइक्रोन भन्दा पातला प्लाष्टिक झोलाको प्रतिवन्ध (उत्पादन, आयात, विक्रीवितरण र प्रयोगमा लगाउने कार्ययोजना परित गरिसकेको छ । त्यस कार्ययोजना प्रभावकारी कार्यान्वयन गर्न सरकारका मुख्यमसचिवको संयोजकत्वमा केन्द्रीय अनुगमन समिति गठन गरेको थियो ।
