मकवानपुरमा एक छात्राले मात्रै ल्याइन् ४ जीपीए

तु खबर संवाददाता
२०८० असार २३, शनिबार ०९:१५

मकवानपुर । गत चैत्र १७ गतेदेखि २९ गतेसम्म संचालन भएको माध्यमिक तह परीक्षा (एसइई) को नतिजा अनुसार मकवानपुरमा एक जना छात्राले मात्रै ४ जीपीए ल्याएकी छन् ।

सार्वजनिक गरिएको नतिजाअनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ स्थित तासिर ईङ्लिस बोर्डिङ स्कुलकी छात्रा डाफिन राईले मात्रै ४ जीपीए ल्याएकी हुन् ।

मकवानपुरमा ३.६ देखि ४ जीपीए ल्याउने एक सय ७९ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने ५ सय ४० जना, २.८ देखि ३.२ जीपीए ल्याउने ७ सय २७ जना विद्यार्थी रहेका छन् ।

यसैगरी, २.४ देखि २.८ जीपीए ल्याउने ९ सय ५८ जना, २ देखि २.४ जीपीए ल्याउने १ हजार ३ सय ३६ जना, १.६ देखि २ जीपीए ल्याउने १ हजार ५ सय १९ जना, १.६ जीपीए भन्दा कम प्राप्ताङ्क भएका विद्यार्थीको संख्या ४ सय ६६ जना रहेका छन् ।

परीक्षामा सहभागी ५ हजार ८ सय १२ जना सहभागी हुने भनिएपनि ८७ जना विद्यार्थी अनुपस्थित भएका थिए ।