प्रधानमन्त्रीको अभिव्यक्ति आपतिजनक : कमल थापा

तु खबर संवाददाता
२०८० असार २१, बिहीबार १७:२३
file-photo

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाले बिहीबार सामाजिक संजालमा लेख्दै प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका हुन् ।

अध्यक्ष थापाले त्यसको विरोध गर्ने क्रममा संसद अवरुद्ध गर्दा वर्षौदेखि मिटरब्याजी साहुकारहरुको शोषणबाट पिडितहरुलाई राहतदिन ल्याईएको अध्यादेशको अस्तित्व समाप्त भएको बताए ।

साथै उनले यसबारे तत्काल निकास नखोज्ने हो भने प्रतिपक्षकै विरुद्धमा विरोध सुरु हुने बताए ।

अध्यक्ष वापाले भनेका छन्, ‘@cmprachanda को ‘दिल्ली धाउने’ अभिव्यक्ति आपत्तिजनक छ । त्यसको विरोध गर्नेक्रममा संसद अवरुद्धगर्दा वर्षौदेखि मिटरव्याजी साहुकारहरुको शोषणबाट पिडितहरुलाई राहतदिन ल्याईएको अध्यादेशको अस्तित्व समाप्त भएको छ।यसवारे तत्काल निकास नखोज्ने होभने प्रतिपक्षकै विरुद्धमा विरोध सुरुहुनेछ ।’