समाचार
ब्याटमिण्टन संघ मकवानपुरको तदर्थ समिति गठन
मकवानपुर । मकवानपुर जिल्ला ब्याटमिण्टन संघको शनिवार हेटौंडामा तदर्थ समिति गठन गरिएको छ । विजय सिंह ठकुरीको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समितिको सचिवमा लक्ष्मण महर्जन, कोषाध्यक्षमा देव कुमार घिमिरे रहेका छन भने सदस्यहरुमा क्रमशः भुवन थापा, कुमार गोले, सन्तोषकुमार क्षेत्री, भिम राई, नरेन्द्र मोक्तान...
मकवानपुरबाट साढे २१ हजारले लिए राहदानी
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट एक वर्षको अवधिमा साढे २१ हजारभन्दा बढी व्यक्तिले राहदानी लिएका छन् । प्रशासनबाट गत आर्थिक वर्ष २०७९–०८० मा २१ हजार ६ सयले राहदानी प्राप्त गरेको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिए । उनका अनुसार, एक हजार ६ सय ५१...
सशस्त्र प्रहरीद्वारा मकवानपुरमा साँढे ५ करोडभन्दा बढी राजस्व संकलन
मकवानपुर । सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरले पछिल्लो ३ महिनाको अवधिमा साँढे ५ करोडभन्दा बढीको राजस्व संकलन गरेको छ । गणका प्रमुख अनिल कार्की अनुसार, पछिल्लो तीन महिनामा अवैध सामान ओसारपसार गर्ने ३२ वटा ट्रक र एउटा पिकअप भ्यानसहित अवैध सामान बरामदबाट सो रकम बराबरको...
हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.४ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । भैरवरोडतर्फबाट चिसापानीतर्फ जाँदै गरेको ना ४८ प २५७८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका वडा नं.८...
अन्तरक्रियाको आयोजना गरी हेटौंडामा मनाइयो युवा दिवस
मकवानपुर । बागमती प्रदेश युवा परिषद् हेटौंडाले अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ । परिषद्ले शनिबार हेटौंडामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी २४ औं अन्तर्राष्ट्रिय युवा दिवस मनाएको हो । अन्तरक्रिया कार्यक्रम प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँको सभाध्यक्ष एवम् बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा...
मकवानपुरको भीमफेदीमा पहिरोले दुई घर पुरियो
मकवानपुर । त्रिभुवन राजपथ अन्तरगत पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर २ भैंसेमा शनिबार दिउँसो पहिरोले दुई घर पुरिएको छ । दिउँसो सवा १ बजेको समयमा वर्षासँगै माथिबाट खसेको पहिरोले स्थानीय ७० वर्षीय रामकृष्ण देउलाको ब्लकले बनाएको टिनको छानो भएको दुई वटा घर पुरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर...
भारतमा सडक दुर्घटनामा परेर १० जनाको मृत्यु
नयाँदिल्ली । भारतको पश्चिमी गुजरात राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा परेर १० जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर तीन बालबालिका र पाँच महिलासहित १० जनाको मृत्यु स्थानीय प्रहरीले जनाएको छ । राज्यको अहमदाबाद जिल्लाको बाभला–बगोदरा राजमार्गमा यात्रुवाहाक गाडी रोकी राखेको ट्रकसँग ठोक्किए हुँदा उनीहरुको मृत्यु भएको हो ।...
सुन तस्करी प्रकरण : पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा
काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न रहेको आशंका गरी पक्राउ गरिएका दुई चिनियाँ नागरिक रिहा भएका छन् । शुक्रबार बिहान पक्राउ परेका चिनियाँ नागरिकहरू ली जियालिङ र लिउ फुयान रिहा भएका हुन् । उनीहरूलाई अध्यागमन विभागले चीन जान लागेको बेला विमानस्थलबाट शुक्रबार बिहान पक्राउ गरेको थियो । राजश्व अनुसन्धान...
सातामा प्रतितोला ११ सयले घट्यो सुनको भाउ
काठमाडौं । यो साता नेपाली बजारमा सुनको भाउ प्रतितोला १ हजार १०० रुपैयाँले घटेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार १ हजार १ सय रुपैयाँले भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १२ हजार २००...
फोनिज मकवानपुरको आयोजनामा प्रभातफेरी
मकवानपुर । नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरले शनिबार हेटौंडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । फोनिजको २४ औैं स्थापना दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । प्रभातफेरी कार्यक्रम हेटौंडाको सिमा चोकबाट सुरु भई बुद्धचोक हुँदै बजार परिक्रमा गरेर पुनः सिमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।...










