हेटौंडा–१३ मा वृक्षारोपण कार्यक्रमको आयोजना
मकवानपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल मकवानपुर (युथ फोर्स विभाग) ले आइतबार हेटौंडा–१३ मा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।
विभागले ‘एक युवा पाँच बिरुवा’ कार्यक्रम अन्तर्गत हेटौंडा–१३ स्थित गुम्बा पार्क परिसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रम युथ फोर्स विभाग मकवानपुरका प्रमुख प्रकाश सुवेदीको सभाध्यक्षता तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञवालीको प्रमुख आथित्यतामा भएको हो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य रामेश्वार राना, एमाले बागमती प्रदेश सदस्य श्रीधर पोखरेल, एमाले मकवानपुरका सचिव नविन सिग्देल, उपसचिव हिदम लामा,नगर कमिटिका अध्यक्ष शालिकराम पुडासैनी, युवा नेता सानु लामा, युवा संघ नेपालकी केन्द्रिय सदस्यद्धय दिलु घर्ती मगर, प्रकाश लामा लगायतको सहभागिता रहेको थियो ।
