समाचार

हेटौंडा र मकवानपुरगढीमा बाढी तथा डुबानको सम्भावना, सतर्कता अपनाउन आग्रह

मकवानपुर । अविरल वर्षाका कारण हेटौंडा र मकवानपुरगढी क्षेत्रमा बाढी तथा डुबान हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकाका तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो । विभागले पछिल्लो ३ घण्टामा मकवानपुरगढी र हेटौंडा आसपासको क्षेत्रमा...

चिरख्वा हाइड्रोपावरको आइपीओ आजबाट खुल्ला

काठमाडौं । चिरख्वा हाइड्रोपावरले आजबाट आइपीओ बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुल्ला गरेको हो । यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो । यस...

अब सुर्तीजन्य पदार्थ जैविक रुपमा सडेर जाने वस्तुमा मात्र प्याकिङ गर्नुपर्ने

काठमाडौँ । सरकारले सुर्ती, खैनी, गुट्खा, पान मसला वा यस्तै प्रकारका वस्तु जैविक रूपमा सडेर जाने वस्तुमा मात्र प्याकिङ गर्नुपर्ने व्यवस्था गरेको छ । आइतबार आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । जारी सूचनामा अन्तःशुल्क नियमावली २०५९ मा भएको चौविसौँ संशोधनले २०८१ वैशाख...

मकवानपुर प्रहरीद्वारा गाँजासहित एक युवती पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित शनिबार दिउँसो एक युवतीलाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध गाँजा ५ किलोसहित हेटौंडा–१५ रातोमाटेबाट एक युवतीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका घर बताउने अन्दाजी २२ वर्षीया नानु घलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, शनिबार...

आज देशभर भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही, कर्णाली प्रदेशको थोरै र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । महाशाखाका आज दिउँसो देशभर पूर्ण बदली रहनेछ रहनुका साथै देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको...

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । शुक्रबारदेखि सुरु भएको बैठक आज पनि बस्ने भएको हो । बैठक मध्याह्न साढे १२ बजे संघीय संसद भवनको तोत्से हलमा बस्ने भएको हो । शुक्रबारको बैठकमा १९ जनाले आफ्नो धारणा राखेका थिए । बैठकमा संसदको गतिरोध, कांग्रेसको भूमिका र...

कुलेखानी–सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध

मकवानपुर । गएराति देखि परेको विरल बर्षासँगै आएकाृ पहिरोका कारण कुलेखानी–सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध बनेको छ । उक्त सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ भालुडाँडास्थित पहिरो जाँदा यातायात अवरुद्ध बनेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । लगातार वर्षाका कारण पहिरो हटाउन कठिनाइ भइरहेको...

मकवानपुरको भीमफेदीमा पुरुषको शव फेला

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ८ माण्डुमा आज बिहान एक जना पुरुषको फेला परेको छ । उक्त शव हाल नाम, थर, बखत नखुलेको अन्दाजी ३५ वर्षीय पुरुगाको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । ती पुरुषको शव बागमती खोलाले बगाएर ल्याएको...

पहिरोका कारण भैंसे–भीमफेदी सडकखण्ड अवरुद्ध

मकवानपुर । अविरल वर्षासँगै आएको पहिरोका कारण भैंसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिका वडा नम्वर २ स्थित ज्यालटारमा माथिबाट लेदो माटोसहितको पहिरो जाँदा भैंसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । पहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौंबाट...

सातामा २३ अंकले घटेर २०६६ को विन्दुमा झर्यो नेप्से

काठमाडौं । यो साता सेयर बजार परिसूचक नेप्से २३.७९ अंकले घटेर २ हजार ६६.०५ अंकको विन्दुमा झरेको छ । लगातार तीन दिन ६९ अंकले घटेको नेप्से परिसूचक अन्तिम दुई दिन ४६ अंकले बढेको छ । साताको पाँच दिन नै खुलेको बजारमा कूल १३ अर्ब ३० करोड ६३ लाख ४६...