एकीकृत समाजवादीको बैठक सोमबार पनि बस्ने

तु खबर संवाददाता
२०८० भाद्र ४, सोमबार ०९:०९

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार पनि बस्ने भएको छ । बैठक सोमबार बिहान ११ बजे बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

यसअघि आइतबार पार्टी कार्यालयमा बिहान ११ बजेदेखि सुरु भएको बैठक साँझ पौने ६ बजेसम्म जारी रहेर स्थगित भएको थियो । आइतबारको बैठकमा २६ जना पोलिटब्युरो सदस्यले आ–आफ्नो धारणा राखेका थिए ।

यसअघि तय भएका ७ एजेण्डामाथि उमेश डाँगी, कृष्ण पन्त, कृष्ण खनाल, गणेश बिके, गणेश काङवाङ, चिरञ्जिवी आचार्य, दिलु पन्त, धर्म निरौला, निरा जैरु, बसन्त मानन्धरलगायतले आफ्नो धारणा राखेका थिए ।