समाचार
धरानमा डेंगूका कारण ११ जनाको मृत्यु, १० हजार नाघे संक्रमित
धरान । डेंगू रोगको संक्रमणका कारण धरानमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० वर्षदेखि ८४ वर्षसम्म उमेर समूहका छन् । मृतक ११ जनामध्ये एकजना उदयपुरका हुन् । बाँकी १० जना धरानका हुन् । त्यस्तै धरानमा संक्रमितको संख्या १० हजार नाघेको छ । पछिल्लो केही महिनामा मात्रै...
अवरुद्ध कान्तिलोकपथमा पुनः यातायात संचालन
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्डमा पहिरो पन्छाई आज बिहानबाट पुनः यातायात संचालनमा ल्याएको छ । उक्त सडकखण्ड अन्तरगत पर्ने ललितपुर जिल्लाको भटेटेडाँडा नजिकै टाकुर्चे र पाङ्दुर खोलामा आइतबार बिहान गएको पहिरो पन्छाई आज बिहान साढे १० बजेबाट पुनः यातायात संचालनमा ल्याइएको जिल्ला...
हेटौंडाका घलानसहित तीन जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित गएराति तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध गाँजा ३ किलोसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ हर्नामाणी बस्ने २९ वर्षीय भिमबहादुर घलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए...
पहिरोका कारण अवरुद्ध कुलेखानी–सिस्नेरी सडकखण्ड खुल्यो
मकवानपुर । शनिबारदेखि परेको अविरल बर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको कुलेखानी–सिस्नेरी सडकखण्ड खुलेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ भालुडाँडास्थित पहिरो जाँदा अवरुद्ध बनेको उक्त सडकखण्ड आज बिहानदेखि खुलेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । पहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौंबाट कुलेखानी–भीमफेदी हुँदै...
मकवानपुर प्रहरीद्वारा लागूऔषधसहित तीन जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटे चेकप्वाइन्ट र मनहरी गाउँपालिका वडा नम्वर ५ दरदराबाट विभिन्न मितिमा तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा–१५ बाट आइतबार बिहान पौने १० बजेको समयमा...
पहिरोको कारण पृथ्वी राजमार्ग फेरि अवरुद्ध
तनहुँ । पहिरोका कारण पृथ्वी राजमार्ग फेरि अवरुद्ध बनेको छ । सोमबार बिहान पौने ७ बजे तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ६ मौरीबजारस्थित पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध बनेको हो । अबिरल वर्षाको कारण सडक माथिबाट पहिरो खस्न गई सडक पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको...
उपराष्ट्रपति यादव आज चीन प्रस्थान गर्दै
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणमा जाने भएका छन् । चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ र ‘२७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेला’मा सहभागी हुन उनी सोमबार चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म...
मुस्ताङमा बाढीले १५ घर, प्रहरी चौकी र पुल बगायो
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको छ । गएराति करिब ८ बजे कागखोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्याएको हो । बाढीले मानवीय क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए । प्रहरीहरुले हतियार भने...
सुरक्षा गार्डको हत्या गरेको आरोपमा २ जना पक्राउ
जनकपुरधाम । साना सहरी तथा खानेपानी संस्था मिर्चैयाका सुरक्षागार्डको हत्या घटनाका आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । प्रहरीले घटनाको डेढ महिनापछि आइतबार दुई जना अभियुक्तलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा मिर्चैया नगरपालिका–७ का २२ वर्षीय रविन सदा र मिर्चैया–५ का २० वर्षीय दीपक...
आजको मौसम : भारीदेखि धेरै भारी वर्षाको सम्भावना
काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको पहाडी भू–भागको नजिक) अवस्थित रहेको छ । यसका साथै बङ्गालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावाको पनि प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पूर्णतया बदली रही सबै प्रदेशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि...










