समाचार
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक आज पनि जारी रहनेछ । बैठकको पहिलो दिन हिजो अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आजबाट बैठकमा अध्यक्ष नेपालको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन् । साथै बैठकमा पेस भएका लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदनमाथि पनि...
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको जनाएको छ । साथै नेपालमा हाल भारतको केन्द्रीय मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा...
ललिता निवास प्रकरणमा ६ जनाले गरे जग्गा फिर्ता
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान पूरा गरी मङ्गलबार काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ । झन्डै सात सय पृष्ठ लामो अनुसन्धान प्रतिवेदनमा सिआइबीले ललिता निवासको २९९ रोपनी नौ आना तीन दाममध्ये १४३ रोपनी छ आना...
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको हो । उक्त बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी...
चार वटा विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गर्ने मन्त्रिपरिषद्को निर्णय
मकवानपुर । बागमती प्रदेशको मंगलबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले विभिन्न चार वटा विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ । बैठकले विभिन्न चार वटा विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गर्ने लगायत विभिन्न निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण...
बागमती मन्त्रिपरिषद् बैठक : प्रदेश सभा बैठक बोलाउने निर्णय
मकवानपुर । बागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश सभा बोलाउने निर्णय गरेको छ । मंगलबार प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद् पश्चात् पत्रकारहरुलाई जानकारी दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले आगामी भदौ १७ गतेका लागि प्रदेश सभाको...
हेटौंडाबाट अवैध कपडा बरामद
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित रातोमाटे चेकपोष्टबाट प्रहरीले मंगलबार अवैध कपडा बरामद गरेको छ । प्रहरीले उक्त स्थानबाट ४० हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, वीरगंजबाट हेटौंडातर्फ आउँदै...
मकवानपुर प्रहरीद्वारा लागूऔषधसहित दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित मंगलबार बिहान दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध गाँजा ९ किलोसहित हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कबाट दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा धनुषाको सागरनाथ नगरपालिका वडा नम्वर ८ बस्ने ४३ वर्षीय देबनारायण दास र सिराहाको कर्जनहा नगरपालिका वडा नम्वर...
हेटौंडाको सडक विस्तार सम्बन्धि मुद्धा हेर्न नभ्याइनेमा
मकवानपुर । पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथ अन्तरगत पर्ने हेटौंडा बजार क्षेत्रको सडक विस्तार सम्बन्धि मुद्धा मंगलबार हेर्न नभ्याइनेमा परेको छ । मंगलबार सर्वोच्च अदालतले सो मुद्धालाई हेर्न नभ्याउनेमा राखेपछि मुद्धा उपर सुनुवाइ भएन । पूर्व पश्चिम राजमार्ग अन्तरगत हेटौंडाको मुख्य बजारको दायाबायाँ २५/२५ गज भत्काउन सर्वोच्चको आदेश भएतापनि...
मकवानपुरमा डेंगू संक्रमितको संख्या २०० नाघ्यो
मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या २०० नाघेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ९ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या २०० नाघेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मंगलबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ६ जना, मनहरी गाउँपालिकाका २ जना र बकैयाँ...










