समाचार

बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले बलात्कार मुद्दाका फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको राजपुर नगरपालिका–५ राजपुरफरहदवा घर भएका रंजित शाह तेली रहेका छन् । ३८ वर्षीय रंजित बलात्कार मुद्दामा फरार रहेका थिए । राजपुर–५ स्थित उनकै होटलबाट पक्राउ गरेर रंजितलाई अदालतमा उपस्थित गराइएको...

बुधबार सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेको र त्यसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी भू–भागको एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको जनाएको छ । आज दिउँसो देशभर...

हिमाल आरोहण शुल्क बढाउने तयारी

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दा लाग्ने शुल्क बढाउने तयारी गरिएको छ । सगरमाथा आरोहण गर्न वसन्त ऋतु (स्प्रिङ सिजन) मा विदेशी नागरिकका लागि ११ सय अमेरिकी डलर लिँदै आएकोमा ३ सय डलर बढाएर १५ सय अमेरिकी डलर आरोहण शुल्क लिने गरी कानुनी प्रवन्ध गर्न लागिएको छ...

पेट्रमेलियम पदार्थको भाउ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजलको भाउ बढाएको छ । मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलको भाउ १४ र पेट्रोल लिटरको भाउ ५ रुपैयाँले बढाएको हो । अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम...

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ गते हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आगामी असोज ६ र ७ गते ग्रेड वृद्धि परीक्षा हुने भएको छ । कक्षा १२ को परीक्षा नतिजामा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीहरूका लागि ग्रेड वृद्धि परीक्षा संचालन हुन लागेको हो । त्यसका लागि १ विषयमा एनजी आएका विद्यार्थीको संख्या ७९ हजार ५८४ विद्यार्थीले...

अरिङ्गालले टोकेर एक जनाको मृत्यु

गुल्मी । गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका–४ का २१ वर्षीय शैलेससिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार, सोमबार बेलुका साथिहरुसँग देविस्थान सामुदायिक जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गागालको गोलो पोल्ने क्रममा उनलाई अरिङ्गालले टोकेको थियो । अरिङ्गालको...

कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण)...

अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ र जुम्ला गरी दुई छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१६ दरैयाबाट अवैध लागूऔषध ब्राउनसुगरसहित ५ जनालाई सोमबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी...

सामाजिक सुरक्षा कोष र भीमफेदी गाउँपालिकाबीच सम्झौता

मकवानपुर । अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगार व्यक्तिहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन मंगलबार सामाजिक सुरक्षा कोष र भीमफेदी गाउँपालिकाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद ज्ञवाली र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले हस्ताक्षर गरेका छन् । गाउँपालिकाले गाउँसभाबाटै स्वीकृत गरेको कार्यक्रमले आज...

मकवानपुरमा थप १६ जनामा डेंगू संक्रमण पुष्टि, कूल संख्या कति पुग्यो ?

मकवानपुर । मकवानपुरमा थप १६ जनामा डेंगू संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट १६ जनामा डेंगू संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा पछिल्लो २४ घण्टामा हेटौंडाका १५ र अन्य जिल्लाका एक जनालाई डेंगू संक्रमण पुष्टि भएको...