समाचार
दुर्घटनामा परेर युवकको मृत्यु
काभ्रे । काभ्रको धुलिखेल नगरपालिका वडा नम्बर–३ स्थित अरनिको राजमार्गमा सवारी दुर्घटनामा परेर युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठानको धर्मवती गाउँपालिका वडा नम्बर ७ बस्ने २७ का सुरज गिरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको रा ७ प ७२८८ नम्बरको...
अवैधानिक रुपमा प्राध्यापक नियुक्त गरिएकोप्रति स्वतन्त्र विद्यार्थी युनियनको ध्यानाकर्षण
मकवानपुर । हेटौंडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसले अवैधानिक रुपमा तीन जना प्राध्यापक नियुक्त गरिएको भन्दै क्याम्पस प्रमुखलाई ध्यानाकर्षणपत्र बुझाइएको छ । बुधबार स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर क्याम्पसका अध्यक्ष छोइसाङ लामा (स्याङ्तान) सहितको टोलीले क्याम्पसमा पुगेर क्याम्पस प्रमुख डा. शंकर प्रसाद उपाध्यायलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । उक्त ध्यानाकर्षण पत्रमा...
त्रिवि सेवा आयोगका अध्यक्षद्वारा पदभार ग्रहण
काठमाडौं । एक वर्षपछि नियुक्त भएका त्रिवि सेवा आयोगका अध्यक्ष प्रा.डा.घनश्याम भट्टराईले पदभार ग्रहण गरेका छन् । भट्टराईले कीर्तिपुरस्थित त्रिवि सेवा आयोगको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले त्रिवि सेवा आयोगको अध्यक्षमा भट्टराईलाई नियुक्त गरेका थिए । शिक्षा, विज्ञान...
मकवानपुरमा थप ११ जनामा डेंगू संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा थप ११ जनामा डेंगू संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट ११ जनामा डेंगू संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा पछिल्लो २४ घण्टामा हेटौंडाका १० र भीमफेदी गाउँपालिकाका एक जनालाई डेंगू संक्रमण पुष्टि भएको...
माओवादीले विशेष अभियानका लागि केन्द्रदेखि वडासम्म जिम्मेवारी तोक्यो
काठमाडौं । नेकपा माओवादी केन्द्रले घोषणा गरेको ‘जनतासँग माओवादी रूपान्तरण विशेष’ तीन महिने अभियानलाई सफल बनाउनका लागि प्रदेश इञ्चार्जहरुले आ–आफ्नो प्रदेशको अभियानको संयोजन गर्ने व्यवस्था गरिएको छ । आगामी भदौ १६ गतेदेखि सुरु हुने अभियानलाई प्रभावकारी बनाउन प्रदेशमा खटिएका स्थायी समिति सदस्यहरु र प्रदेश अध्यक्ष पदेन रहने गरी प्रदेश...
बुधबार २० अंकले घट्यो नेप्से
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार नेप्सेमा गिरावट आएको छ । आज नेप्से परिसूचक २०.३१ अंकले घटेर २०२५ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २६९ कम्पनीहरुको ४८ लाख ३ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६७ करोड ९९ लाख ८० हजारको कारोबार भएको...
खाद्यान्न माग गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लेख्यो भारतलाई पत्र
काठमाडौँ । नेपाल सरकारले भारतसँग १ लाख ५५ हजार टन खाद्यान्न उपलब्ध गराउन अनुरोध गर्दै पत्राचार गरेको छ । भारतले निर्यात प्रतिबन्ध नीति कार्यान्वयन गर्न सक्ने भन्दै नेपाली बजारमा आपूर्ति प्रभावित हुन नदिन सरकारले धान, चामल र चिनी खरिदका लागि भारत सरकारलाई पत्राचार गरेको हो । उद्योग वाणिज्य, तथा...
सवारी दुर्घटनामा परेर २० जना घाइते, सातको अवस्था गम्भीर
चितवन । चितवनको भरतपुर महानगरपालिका–९ स्थित टिकोली जंगलमा विभिन्न आठ वटा सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना हुँदा २० जना घाइते भएका छन् । भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नं को अक्सफोड कलेज गैँडाकोटको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नं को शव बोकी...
राष्ट्रपति पौडेललाई भेट्न शितल निवास पुगे ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेका छन् । अध्यक्ष ओली राष्ट्रपतिलाई भेट्न बुधबार राष्ट्रपति भवन शीतलनिवासमा पुगेका हुन् । सो भेटमा समसामयिक राजनीति र संसद्का गतिरोधका बारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।...
आँखा पाक्ने रोगको महामारीले अस्पतालमा विरामीको भीड
हेटौंडा । मकवानपुरमा आँखा पाक्ने रोगका विरामीको संख्या बढेपछि आँखा अस्पतालहरुमा उपचार सेवा लिन आउने विरामीको संख्या पनि बढेको छ । आँखा रातो हुने, चिलाउने, दुख्ने र आँखाबाट पानी आउने जस्ता लक्षण देखिएपछि उपचार गराउन आउनेको संख्या ह्वात्तै बढेको हो । तिलगंगा आँखा प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा सामुदायिक आँखा अस्पतालमा...










