बाँदर धपाउने क्रममा भिरबाट लडेर मृत्यु

तु खबर संवाददाता
२०८० भाद्र ७, बिहीबार १६:४१
file photo

बुटवल । दाङमा बाँदर धपाउने क्रममा भिरबाट एक जनाको लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा बबई गाउँपालिका वडा नम्बर ४ निवासी ७९ वर्षीय सुन्दरे सुनार रहेको प्रहरीले जनाएको छ ।

बारीमा मकै बाँदरले खाएपछि धपाउन गएका उनको स्थानीय राजी खहरे खोलामा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मृतक सुनारको शव राप्ती प्रादेशिक अस्पतालमा पोस्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको छ ।