समाचार
आज भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिन
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । न्यूनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४...
अवैध लागूऔषधसहित दुई जना पक्राउ
सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका–२ लखनदेही पुल नजिकबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित बिहीबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत सितामढी ग्राम पंचायत विशनपुर गोनाही–९ थाना सोनबर्षा बस्ने ३६ वर्षीय मनोज राय र भारत ग्राम पंचायत ईनर्वा पररिया टोल बस्ने ३७ वर्षीय प्रमोद राय रहेका छन् ।...
‘पराजय भएपनि जनताको साथमै रहेर राजनीतिमा सक्रिय हुनेछु’
मकवानपुर । कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले चुनावमा पराजय बेहोरेपनि आफू जनताको साथै रहेर राजनीतिमा सक्रिय भइरहने बताएकी छन् । हेटौंडा–२ स्थित पल्पसा हल रोडमा प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठको सम्पर्क सचिवालयको उद्घाटन गर्दै उनले जिल्लाको नेता कार्यकर्ता तथा जनताको साथै रहेर आगामी राजनीतिक यात्रालाई अगाडि बढाउने उनले...
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका छन् । सन् २०२२ को चुनावमा हार्ने निश्चित भएपछि नतिजा उल्टाउने कोसिस गरेको आरोप लागेपछि ट्रम्पले आत्मसर्पण गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार, औंठा छाप लिने लगायतका प्रक्रिया पूरा गरेर उनी दुई लाख डलर जमानतमा रिहा...
अब ५ वर्षसम्म विद्यार्थीले नाम, उमेर, थर सच्याउन पाउने
काठमाडौं । अब माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीले ५ वर्षसम्म नाम, थर र जन्ममिति सच्याउन पाउने भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले विद्यार्थीले प्रमाण पत्र पाएको ५ वर्षसम्म नाम, थर र जन्ममिति सच्याउन मिल्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले समयावधि ६ महिना मात्रै...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुद्रासहित विदेशी नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित प्रहरीले बिहीबार एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिलिपिन्सका नागरिक ३२ वर्षीय आर्सिनो जेआर मेसा रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई एक सय दरको ३१ थान, २० दरको पाँच थान गरी...
रास्वपाद्वारा संसदीय दलको बैठक आह्वान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आह्वान गरिएको छ । बैठक शुक्रबार साँझ ५ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनका अनुसार, बैठकमा संसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावको...
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहनुका साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली...
ड्युटीमा रहेका प्रहरी निरीक्षकमाथि बञ्चरो प्रहार, तीन जना पक्राउ
झापा । झापाको इलाका प्रहरी कार्यालय झिलझिलेमा कार्यरत प्रमुख प्रहरी निरीक्षक युवराज कटवालमाथि बञ्चरो प्रहार भएको छ । जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ स्थित याङयाचोकमा तीन जनाको समूहले प्रहरी निरीक्षक कटवालमाथि बञ्चरो प्रहार गरेका हुन् । बञ्चरो प्रहारबाट कटवालको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ...
हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध
मकवानपुर । पहिरोका कारण बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो मार्ग अन्तरगत पर्ने कान्तिलोकपथ सडकखण्ड अवरुद्ध बनेको छ । गएराति परेको वर्षासँगै विभिन्न स्थानमा पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध बनेको हो । उक्त सकडखण्ड अन्तरगत पर्ने ललितपुरको भट्टेडाँडास्थित विभिन्न स्थानमा पहिरो जाँदा कान्तिलोकपथ अवरुद्ध बनेको मकवानपुरका...










