रास्वपाद्वारा संसदीय दलको बैठक आह्वान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आह्वान गरिएको छ । बैठक शुक्रबार साँझ ५ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
उनका अनुसार, बैठकमा संसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावको विषयमा छलफल हुनेछ ।
भदौ ११ गते ३ बजे सभापति चयन गर्ने गरी कार्यतालिका प्रकाशन भएको छ ।
यस्तै, बैठकले पार्टीको आगामी संसदीय अभ्यास र विविध विषयमा छलफल हुने परियारले बताए ।
