आज भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिन

तु खबर संवाददाता
२०८० भाद्र ८,शुक्रबार १०:२७
file-photo

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

न्यूनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत हुन आउने ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अङ्कित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँका दरले शेयर निष्कासन खुला गरेको छ ।

कम्पनीले कुल ८ लाख ५८ हजार ९७ कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये ८५ हजार ८१० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि बिक्री गरिसकेको छ भने ४२ हजार ९०५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ ।

त्यसैगरी, कम्पनीले १७ हजार १६२ कित्ता शेयर कर्मचारीहरूका लागि छुट्टाएको छ भने बाँकी रहेको ७ लाख १२ हजार २२० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।