समाचार
सडेगलेको अवस्थामा दुई जनाको सव भेटियो
काठमाडौँ । रुकुम पश्चिमका दुई स्थानमा दुई जनाको शव फेला परेको छ । मुसिकोट नगरपालिका–११ मा भलाक्चाका ५९ वर्षीय पिताराम नेपालीको र आठबिसकोट नगरपालिका–६ झोडेनीमा छिमीगाउँका आसे बोहराको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै शव सडेगलेको अवस्थामा फेला परेका छन् ।
बझाङमा भूकम्पको धक्का महसुस
बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार बेलुका ९ बजेर १३ मिनेटमा बझाङको खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत साउन ३ गते बिहान ९ बजेर ५३ मिनेटमा कास्कीको मिर्सा आसपास केन्द्रविन्दू...
सशस्त्र प्रहरीका १२ जना उपरीक्षकलाई वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस
काठमाडौं । सशस्त्र प्रहरीका १२ जना उपरीक्षकहरूलाई वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । बिहीबार बसेको बढुवा समितिले रिक्त रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा १२ जना उपरीक्षकहरुको बढुवा गरेको हो । बढुवा सिफारिसमा चित्त नबुझ्ने उपरीक्षकहरुले सात दिनभित्र उजुरी दिन सक्ने सशस्त्र प्रहरीले जनाएको छ । हेर्नुहोस्...
प्राधिकरणले हटायो दुर्गममा अपरान्ह १२ बजेपछि जहाज उडाउन नपाउने नियम
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम भेगका विमानस्थलमा अपरान्ह १२ बजेपछि जहाज उडाउन नपाउने नियम हटाएको छ । यसअघि छोटो धावनमार्ग भएका पहाडी भेगमा प्राधिकरणले अपरान्ह १२ बजेपछि उडानमा रोक लगाएको थियो । तर, हिमाली तथा पहाडी जिल्लामा विरोधपछि प्राधिकरणले उडानको नियम हटाएको हो । यस्तै, उडानलाई थप...
मकवानपुरमा डेंगू संक्रमितको संख्या १६३ पुग्यो, सबैभन्दा धेरै हेटौंडाका
मकवानपुर । मकवानपुरमा एक महिनाको अवधिमा डेंगू संक्रमितको संख्या १६३ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट ७ जनामा डेंगू संक्रमण पुष्टि भएसँगै कूल संख्या १६३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क साउन १ गतेदेखि आजसम्मको हो । जिल्लामा...
रास्वपाद्वारा प्रदेश र जिल्ला अनुशासन आयोगका लागि आवेदन माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश र जिल्ला अनुशासन आयोग गठनका लागि पदाधिकारी र सदस्यको आवेदन माग गरेको छ । रास्वपाले साउन ३० मा प्रदेश र जिल्ला अनुशासन आयोग गठनका लागि पार्टीको प्रदेश, जिल्ला, पालिका र वडाको नेतृत्वलाई परिपत्र गरी सात दिनभित्र आवेदन दिन माग गरेको हो...
उत्तराखण्डमा घर भत्किँदा दुई नेपालीको ज्यान गयो
काठमाडौं । भारतको उत्तराखण्डको चामोली जिल्लाको हेलाङमा घर भत्किँदा दुई नेपाली नागरिकको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । मंगलबार राति करिब ८ बजे दुई तले घर भत्किँदा दुई नेपाली नागरिकको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार, मृत्यु भएकामध्ये एक जनाको घटनास्थलमा...
हेटौंडामा दुई दिवसीय कर सम्बन्धी तालिम सम्पन्न
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा दुई दिवसीय कर सम्बन्धी तालिम सम्पन्न भएको छ । तालिम मकवानपुर उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा जि.आई.जेड.को प्राविधिक सहयोगमा सम्पन्न भएको हो । तालिम ढुवानी तथा अन्य व्यवसायीहरुलाई दिइएको हो । तालिम समापन मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष...
ओल्के पर्वको अवसरमा शुक्रबार सार्वजनिक विदा
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भोलि शुक्रबार प्रदेशभर सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले ओल्के पर्वको अवसरमा भोलि शुक्रबार सार्वजनिक विदा दिएको जनाएको छ । सुदूरपश्चिम प्रदेशमा भदौ १ गतेका दिन ओल्के पर्व मनाइँदै आएको छ । साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा सुदूरपश्चिमका पही जिल्लामा ओल्के...
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित
काठमाडौं । जिल्ला अदालत काठमाडौंमा बिहीबार हुने भनिएको सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ । केही कागजातका विवरण अस्पष्ट भएपछि पुनः माग गर्नुपर्ने भन्दै सुनुवाइ स्थगित गरिएको अदालत स्रोतले जनाएको छ । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई बलात्कार गरेको भन्दै एक किशोरीले गत वर्ष भदौमा जाहेरी दिएकी थिइन् ।...










