आजको मौसमः सातवटै प्रदेशमा पानी पर्ने

तु खबर संवाददाता
२०८० भाद्र ९, शनिबार ०८:०३
फाइल फोटो

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, मधेस र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।

कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित भएकाले छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पूर्वी भू–भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भूभागमा रहेको न्यून चापीय क्षेत्र समेत प्रभाव रहेको छ ।