दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ५५ करोडको कारोबार

तु खबर संवाददाता
२०८० भाद्र ७, बिहीबार १५:५२

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से दोहोरो अंकले घटेको छ । बुधबार हरियाली छाएको नेप्सेमा बिहीबार भने गिरावट आएको हो ।

आज नेप्से पसिसूचक ३१ अंकले घटेर २०१३ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २७५ कम्पनीहरुको ४६ लाख ५७ हजार कित्ता शेयर किनबेच हुदा १ अर्ब ५५ करोडको कारोबार भएको छ ।

बुधबार नेप्से परिसूचक २९ अंकले बढेर २०४५ को विन्दुमा कायम भएको थियो भने नेप्सेमा सूचिकृत ४२ लाख ३७ हजार कित्ता शेयर कारोबार हुँदा १ अर्ब ५१ करोडको कारोबार भएको थियो ।

शेयरबजार घटेसँगै १३ वटै उपसूचकमा पनि गिरावट आएको छ । आज सर्वाधिक फाइनान्स उपसूचक २.९३, हाइड्रोपावर उपसूचक २.५०, विकास बैंक उपसूचक २.२३, निर्जीवन बीमा उपसूचक २.२२ र जीवन बीमा उपसूचक २.१४ प्रतिशतले घटेका छन् ।