हेटौंडा अस्पतालमा १७५ शय्या निःशुल्क

तु खबर संवाददाता
२०८० भाद्र ७,बिहीबार १६:१९

मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा १७५ शय्या निःशुल्क गरिएको छ ।

बागमती प्रदेश सरकारले यही भदौ १ गतेदेखि प्रदेश सरकार मातहतका अस्पतालमा सामान्य शय्या निःशुल्क गराउने निर्णय गरेअनुरुप हेटौंडा अस्पतालले पनि १७५ शय्या निःशुल्क गरिएको अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईंले जानकारी दिए ।

प्रदेशका स्वास्थ्यमन्त्रीको मन्त्रिस्तरीय निर्णयबाट अस्पतालमा उपलब्ध शय्यामध्ये क्याबिन, एनआइसियु र आइसियुबाहेक शय्या निःशुल्क रूपमा उपलब्ध गराउनु भनी दिएको निर्देशन अनुरुप आफूहरुले सेवा दिन थालेको उनले बताए ।

यसअघि अस्पतालमा प्रतिबेड प्रतिदिन रु दुई सय शुल्क लाग्दै आएको थियो ।