बलात्कार र हत्याका आरोपित राईलाई पुर्पक्षका लागि थुनामा पठाइयो
मकवानपुर । २० वर्षपछि पक्राउ परेका बलात्कार र हत्याका आरोपितलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षमा राखेर अनुसन्धान अघि बढाउने गरी कारागार पठाएको छ ।
५ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी फरार रहेका ४५ वर्षीय सोमबहादुर राईलाई बुधबार जिल्ला न्यायधीश ऋषिराम निरौलाको इजलासले पुर्पक्षका लाथि थुनामा राख्न आदेश दिएको हो ।
राईलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र बागमती प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले गत साउन १३ गते ललितपुरको गोदावारीबाट पक्राउ गरी हेटौंडा ल्याएको थियो ।
राइले बालिकालाई २०६० असोज १८ मा फकाएर बलात्कार गरी हत्या गरेर हेटौंडा उपमहानगरपालिका–१०, स्थित राप्ती खोलाको ढुंगाको चेपमा फालेको प्रहरी समक्ष बयान दिएका छन् ।
बालिकाको शव १९ असोज २०६० मा फेला परेको थियो भने घटनापछि राई फरार रहेका थिए ।
