मकवानपुरमा थप १६ जनामा डेंगू संक्रमण पुष्टि

तु खबर संवाददाता
२०८० भाद्र ७, बिहीबार १६:३०
file-photo

मकवानपुर । मकवानपुरमा थप १६ जनामा डेंगू संक्रमण पुष्टि भएको छ । जिल्लामो पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उनीहरुमा डेंगू संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, आज थपिएसँगै जिल्लामा डेंगू संक्रमितको कूल संख्या २३६ पुगेको छ । उक्त तथ्याङ्क साउन १ गतेदेखि आजसम्मको हो । जिल्लामा सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ १६६ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यसैगरी, मकवानपुरगढी गाउँपालिकाका २ जना, बागमती गाउँपालिकाका १२ जना, मनहरी गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका ५ जना, बकैया गाउँपालिकाका ४ जना र राक्सिराङ गाउँपालिकाका १ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यस्तै, सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जनामा र अन्य जिल्लाका एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै, जिल्लामा डेंगू संक्रमणका कारण साउन १ गतेदेखि हालसम्म एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडाका एक जना पुरुष रहेका छन् ।