भीमफेदीको माण्डु हाईड्रोपावरमा महिलाको शव फेला
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ८ माण्डुमा बिहीबार एक महिलाको फेला परेको छ ।
उक्त शव हाल नाम, थर, बखत नखुलेको मंगोलियन अनुहार देखिने अन्दाजी ३५ वर्षीया महिलाको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
ती महिलाको शव बागमती खोलाले बगाएर ल्याएको अवस्थामा माण्डु हाईडोपावरको पानी जम्मा गरी फोहोर छुट्ट्याउने ठाउँमा फेला परेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
ती महिलाको शवको मुचुल्का उठाई पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।