समाचार
दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब १५ करोडमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५ को विन्दु्मा कायम भएको छ । नेप्सेमा सूचीकृत २७८ कम्पनीहरुको ५६ लाख कित्ता शेयर किनबेच हुँदा २ अर्ब १५ करोड ७३ लाखको कारोबार भएको छ ।...
प्रहरीका ९५८ जना इन्स्पेक्टरको सरुवा (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीका ९ सय ५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको सरुवा गरिएको छ । प्र्रहरी प्रधान कार्यालयले मंगलरबार इन्स्पेक्टर सरुवा सूची सार्वजनिक गरेको हो । प्रहरीले सरुवा गरेको सूची अनुसार, जिल्ला प्रहरी कार्यालय मकवानपुरसहित जिल्लाको विभिन्न स्थानमा रहेको ईलाका प्रहरी कार्यालयमा कार्यरत ७ प्रहरी निरीक्षकको सरुवा भएको...
कक्षा १२ को नतिजा सार्वजनिक गर्नेबारे निर्णय गर्न बोर्डको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्नेबारे निर्णय गर्न बोर्डको बैठक बस्दैछ । बैठकको निर्णयपछि नतिजा आज नै प्रकाशन गर्ने तयारी बोर्डको छ । प्राविधिक समस्या नआएको खण्डमा आजै साँझसम्म नतिजा सार्वजनिक गरिनेछ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सम्पन्न सम्पन्न परीक्षामा चार...
कांग्रेस मकवानपुरले गर्याे आन्तरिक विशेष अभियानको समापन
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले केन्द्रीय परिपत्रअनुसारको आन्तरिक विशेष अभियान २०८० अनुसारको १० दिने अभियानको अन्तिम दिन आज मंगलबार जिल्ला पार्टी कार्यालयमा समापन कार्यक्रम गरेको छ । कार्यक्रम जिल्ला सभापति बुद्ध लामाको सभाध्यक्षता तथा कांग्रेस केन्द्रीय सदस्य (मकवानपुर प्रतिनिधि) लक्ष्मी खतिवडाको प्रमूख आतिथ्यता एवम् बागमती प्रदेश सदस्य (मकवानपुर प्रतिनिधि...
साउन ३१ गते बोलाइएको राष्ट्रिय सभा स्थगित
काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ । यही साउन ३१ गते बिहीबार बस्ने भनिएको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको हो । सो बारे संसद् सचिवालयले एक सूचना जारी गर्दै जानकारी गराएका हुन् । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले...
नेता बानियाँद्वारा विपदमा परेकाको उद्दार र राहतको व्यवस्था गर्न सरकारसँग आग्रह
मकवानपुर । नेपाली कांग्रेसका नेता एवम् कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँले विपद्को घटनामा परेका नागरिकको उद्दारको व्यवस्था र उनीहरुलाई राहत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह गरेका छन् । पछिल्लो समय मकवानपुरलगायतका बागमती प्रदेशका अन्य जिल्लामा बाढीपहिरोले बेपत्ता बनाएका नागरिकको उद्दार, विस्थापितको व्यवस्थापन र पीडितलाई राहत उपलब्त्र गराउन प्रदेश सरकारसँग...
मकवानपुरमा भीरबाट लडेर पुरुषको मृत्यु
मकवानपुर । मकवानपुरमा भीरबाट लडेर सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ चित्रघारीका ५३ वर्षीय विनोद कुमार बम्जन रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएके छ । प्रहरीका अनुसार, सोमबार बिहान घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा भीरबाट बम्जन लडेर घाइते भएका...
आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ
ताप्लेजुङ । ताप्लेजुङमा आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । जिल्लाको मैवाखोला गाउँपालिका–५ फाकुम्बा बस्ने ३३ वर्षीय दिल्ली कुमार लिम्बुलाई आफ्नै आमा ६३ वर्षीया धनमाया लिम्बुको हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मानसिक अवस्थामा ठिक नभएको बताइएका दिल्लीले...
यातायात कार्यालय हेटौंडाद्वारा ३४ करोड ८९ लाख राजस्व संकलन
मकवानपुर । बागमती प्रदेशको यातायात व्यवस्था कार्यालय हेटौंडाले एक वर्षको अवधिमा ३४ करोड ८९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालय अन्तरगत पर्ने उक्त कार्यालयले गत आर्थिक वर्ष २०७९–०८० मा सवारी साधन करबाट ३४ करोड ८९ लाख ३३ हजार ९४५ रुपैयाँ राजस्व...
केशव स्थापितले त्यागे एमाले
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापितले पार्टीको जिम्मेवारी त्यागेका छन् । उनले पार्टीको नेतृत्वलाई जिम्मेवारीबाट बिदा लिने जानकारी गराएपछि सोमबार बसेको सचिवालय बैठकले उनलाई पार्टीको जिम्मेवारीबाट दिने निर्णय गरेको छ । स्थापित २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार थिए । २०५४ सालमा एमालेबाट काठमाडौं...










