सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

तु खबर संवाददाता
२०८० भाद्र ६, बुधबार १०:०२
file-photo

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक हाल जारी छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेर अघिदेखि सुरु भएको हो ।

बैठकले सरकारका दैनिक प्रशासनिक कार्य र समसामयिक विषयमा आवश्यक छलफल र निर्णय गर्ने बताइएको छ । प्रधानमन्त्रीको व्यस्तताका कारण मंगलबार बस्नुपर्ने बैठक बुधबार बसेको हो ।